मन्त्री बन्न हिँडेकी मिश्राको सचिव पद चैट

काठमाडौं । आइतबार बिहानदेखि प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् विस्तारको चर्चा चुलिएको थियो । पाँच नयाँ मन्त्री थपिने सूचीमा डा.संगीता  कौसल मिश्राको नाम पनि स्वास्थ्य मन्त्रीका रूपमा चर्चामा थियो । तर, सोमबार भएको मन्त्रिपरिषद् विस्तारमा उनको नाम काटियो ।

The current image has no alternative text. The file name is: mishra.jpg

महावीर पुन (शिक्षा, विज्ञान तथा प्रविधि), पूर्वन्यायाधीश अनिलकुमार सिन्हा (उद्योग, वाणिज्य तथा आपूर्ति, भूमिसुधार र कानुन तथा न्याय), डा.मदन परियार (कृषि) र जगदीश खरेल (सञ्चार, सूचना तथा प्रविधि) मन्त्री नियुक्त भए ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

आइतबार साँझ प्रधानमन्त्री कार्कीले पाँच मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । सपथको तयारी भइरहँदा एकाएक प्रक्रिया रोकियो । सोमबार स्वास्थ्य मन्त्रालयको गाडी डा.मिश्रालाई लिन पठाइए पनि उनको नाम विवादमा आएपछि नियुक्ति ‘होल्ड’ गरियो । अन्ततः उनको नाम सूचीबाट हट्यो ।

किन काटियो नाम

डा.मिश्रामाथि मेडिकल उपकरण खरिदलगायतका फाइलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चलिरहेको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा उनले गरेका केही निर्णयमाथि उजुरी परेका छन् ।

उनलाई स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोप लागेको छ । साथै, स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई ‘वरिष्ठता मिचेर’ नियुक्त गरिएको भन्दै उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनी ६ महिनाभन्दा बढी मन्त्रालयमा हाजिर नभएको र लोकसेवा आयोगमा ११औँ तहको नियुक्तिमा फर्जी विवरण पेस गरेको आरोप पनि लागेको छ ।

स्वास्थ्य मन्त्री बन्ने निश्चित भएपछि डा. मिश्राले १२औँ तहको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । एकपटक स्वीकृत भएको राजीनामा फिर्ता वा उल्ट्याउन सकिँदैन । डा.मिश्राको राजीनामा स्वीकृत भइसकेकाले उनी कानुनी रूपमा अतिरिक्त सचिव पदमा फर्कन नमिल्ने प्रावधान रहेको छ ।

को हुन् मिश्रा

मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, स्त्री तथा परोपकार प्रसूति रोग अस्पताल र कोशी अस्पतालको निर्देशकका रूपमा कार्यरत थिइन् । २०५७ मा सेवा प्रवेश गरे पनि एक वर्षमै जागिर छाडेकी उनले २०७० मा ११औँ तहमा पुनः प्रवेश गरेकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *