मन्त्री यादवद्वारा नेपाली मुस्लिम हजयात्रीको बिदाइ

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा प्रस्थान गर्ने नेपाली मुस्लिम हजयात्रीलाई बुधवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन् ।

मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाका रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १७१ जना जाने जनाइएको छ । पहिलो चरणका लागि यही जेठ ३ गते ५५ जना नेपाली त्यहाँ गएका जनाइएको छ ।

देशैभरि छरिएर रहेका मुस्लिम नेपालीलाई जिल्लास्तरीय हज कमिटीले मक्का जान सिफारिस गरेर पठाएपछि केन्द्रीय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने गरेको छ ।

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठूलो उपलब्धिका रुपमा लिने गरिन्छ । साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि विश्वभरिबाट मुस्लिमहरू त्यहाँ पुग्ने गर्दछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *