सिन्धुपाल्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी शनिवार दिउँसो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, शेरास्थित मेलम्ची खोलाको रातो पुलमा खोला तर्ने क्रममा फसेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार, मन्त्री अधिकारी कार्यक्रममा सहभागी हुन जाने क्रममा गाडी खोलामा फसेको थियो । गाडी केहीवेर खोलामा अड्किएको भए पनि प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ । प्रहरीले जनाएअनुसार मन्त्री अधिकारी सकुशल छन्, र घटनामा कुनै क्षति भएको छैन ।