मलेसियामा कोरोनाको संक्रमितको संख्यामा दोब्बरले वृद्धि

मलेसियामा एक हप्ताको अवधिमा दोब्बरको संख्यामा कोभिड रोगीको वृद्धि भएको देखिएको छ । डिसेम्बर ९ तारिखसम्म ६ हजार ७ सय ९६ केसहरु रहेकोमा बुधबार उक्त संख्यामा करिब दोब्बरले बढेर १२ हजार ७ सय ५७ पुगेको मलेसियाका स्वास्थ्य महानिर्देशक डा. मुहम्मद राड्जी अबु हसनले तथ्याङ्क सार्वजनिक गरेका छन् । 

नयाँ संक्रमितको संख्या बढेपनि मलेसियाको समग्र अवस्था अझै नियन्त्रणमा रहेको र विद्यमान स्वास्थ्य सेवालाई बोझ नपर्ने जनाइएको छ ।  कोभिड केसहरुमा अचानक तीव्र वृद्धि देखिएपनि अधिकांश संक्रमितलाई हल्का लक्षणहरु देखापरेको र उनीहरुलाई अस्पतालमा उपचार आवश्यक नपर्ने पनि बताइएको छ । 

EPIC EPIC EPIC EPIC EPIC EPIC

तत्कालका लागि पर्यटक तथा विदेशी कामदार आवागमनमा कुनै निर्देशन जारी नगरिएको, तर स्वास्थ्यकर्मीलाई उच्च सतर्कता अपनाउन निर्देश गरिएको बताएको मलेसियन अनलाइन दि स्टारले उल्लेख गरेको छ । कोभिड–१९ का केसहरुको बढ्दो प्रवृत्ति धेरै छिमेकी देशहरु र मलेसियालगायत विश्वव्यापीरुपमा पनि रिपोर्ट गरिएको बताइएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *