काठमाडौं । देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने रोपिएका धानबालीका लागि मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । हाल सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात रहेको जनाएको छ ।
सरकारले रासायनिक मलकोे मौज्दात र वितरण प्रक्रियालाई प्रभावकारी बनाएकाले मलको अभाव नहुने मन्त्रालयले जनाएको छ । त्यसैले मलको मौज्दात र वितरण प्रक्रियालाई ध्यान दिइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रका अनुसार सरकारसँग अहिले ५३ हजार ९७७ टन मल मौज्दात छ ।