महाकालीमा पानीको बहाव उच्च, नेपाल-भारत सीमाको बनबासा पुल बन्द

काठमाडौं । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि शारदा ब्यारेजको (बनबासा)पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आज बिहान ११ बजेसम्म्ममा पानीको बहाब एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख भन्दा बढी भएमा सुरक्षाका दृष्टिकोणले खतरा मानिन्छ ।

EPIC EPIC EPIC

जिल्ला प्रहरी प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको बहाब अझै बढ्न सक्ने बताए । उनकाअनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो । दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *