विविध कार्यक्रमका साथ महानन्द शिक्षा सदनले आफ्नो ३१औं बार्षिक उत्सव सम्पन्न गरेको छ।
शनिबार प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्कीको प्रमुख आतिथ्य एवं बिद्यालयका प्रधानाध्यापक भिम श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले महानन्द शिक्षा सदनले जिल्लामा छुट्टै पहिचान बनाएको स्मरण गर्दै अबका दिनमा त्यो बिरासत फेरि फर्कने बिश्वास लिए।
उनले संस्थागत बिद्यालय पढेका बिद्यार्थीले सरकारी जागिर खान कम अवसर पाउने भन्ने हल्लालाई बिश्वास नगर्न समेत अनुरोध गरेका थिए।

कार्यक्रमका बिशेष अतिथी बुद्धआदर्श मावि बुधबारेका प्रधानाध्यापक कृष्ण भण्डारी बिद्यालयहरुले नयाँ प्रयोग गर्दै शैक्षिक अभ्यास गरिरहेको उल्लेख गरे।
उनका अनुसार शैक्षिक संस्थाहरुले विद्यार्थीलाई उत्कृष्ट बनाउन धेरै मिहिनेत गरेको भएपनि संचारमाध्यमले त्यस्ता कुरालाई बाहिर ल्याएका छैनन्।

सोही अवसरमा अभिभावक र स्थानीयद्वारा स्थापित झन्डै एक दर्जन कोषबाट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।
बिद्यालयले बार्षिक खेलकुद गतिविधिका बिजेतालाई समेत पुरस्कृत गरिएको थियो।

बिद्यालयका भुपु बिद्यार्थी,शिक्षक,अभिभावक,स्थानीय,बिभिन्न संघ-सस्थाका प्रतिनिधि,छिमेकी विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
































