बुद्धशान्ति । सामान्यतया निर्वाचन नेता छान्न हुने गर्छ। नेपालको हकमा भने राजनीतिक तहमा ‘लिडर’ छान्न प्राय चुनाव हुन्छ, चाँहे त्यो पार्टीमा होस वा भातृ सँगठन (विद्यार्थी)संगठनतिर।
तर, झापाको बुद्धशान्ति -३ मा रहेको महानन्द शिक्षा सदनमा विद्यालयको क्याप्टेन छान्न चुनाव भएको छ। सोमबार विद्यालयले मतदान गरेर क्याप्टन चुनेको छ।
सर्वसम्मत रुपमा स्कुल क्याप्टेनमा प्रमिश राय, एल्लो हाउसको क्याप्टेन प्रनिश घिमिरे चुनिएकी छन्। त्यस्तै चुनावी मैदानबाट स्कुल क्याप्टेन गल्समा ईसिका तामाङ्ग, स्कुल भाइस क्याप्टेन ब्वाइज सुरेन लिम्बु, स्कुल भाइस क्याप्टेन गल्स माल्भिका श्रेष्ठ चयन भएका निर्वाचन अधिकृत युवराज गिरीले बताएका छन् ।
त्यस्तै रेड हाउस क्याप्टेन सोहन लिम्बु, रंञ्जीता भुजेल, ब्लु हाउस क्याप्टेन दर्शन खनाल, पुजा थापा र ग्रीन हाउस क्याप्टेन महेश कट्वाल र बिनिता पौडेल चयन भएका शिक्षक बिमल खवासले बताएका छन् । उनीहरुलाई अविर तथा खदाले सम्मान गरिएको थियो ।



















