महावीर पुनको पुस्तक बिक्री अभियानमा झापा अगाडि, तोड्यो सुनसरी र रुपन्देहीको रेकर्ड

बिर्तामोड । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ ले झापामा नयाँ कीर्तिमान स्थापित गरेको छ। पुस्तक विक्री अभियानअन्तर्गत झापामा मात्रै ३० हजार थान पुस्तक बिक्री भएपछि यो जिल्लाले देशभर सबैभन्दा धेरै पुस्तक खरिद गर्ने जिल्लाको पहिचान पाएको हो।

डा. पुनले झापाका १५ वटै स्थानीय तहमा पुगेर पुस्तक विक्री गरेका थिए। अभियानमा सक्रिय सहकार्य गरेका बिर्तामोडस्थित ईशा बुक्सका सञ्चालक केशव मैनालीका अनुसार हालसम्म ४३ जिल्लामा पुस्तक विक्री भए पनि सबैभन्दा ठूलो बजार झापामै बनेको छ।

EPIC EPIC EPIC EPIC EPIC

यसअघि सबैभन्दा धेरै पुस्तक बिक्री भएको जिल्ला सुनसरी थियो, जहाँ २७ हजार प्रतिको वितरण भएको थियो। त्यसपछि रुपन्देहीमा २० हजार पुस्तक बिक्री भएको थियो। तर, झापामा छोटो अवधिमै ३० हजार प्रतिको बिक्रीसहित नयाँ रेकर्ड कायम भएको डा. पुनले जनाए।

लगातार अभियानलाई अगाडि बढाउँदै उनी शुक्रबार झापाबाट इलाम प्रवेश गरेका छन्। शनिबार कन्याम क्षेत्रमा पुस्तक बिक्री गरेका पुन आइतबार फिक्कलतर्फ जाने कार्यक्रम रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *