महाशिवरात्रि दिन कचनकवलमा मदिरा विक्रीमा पूर्ण प्रतिबन्ध

कचनकवल। महाशिवरात्रि पर्वको अवसरमा कचनकवल गाउँपालिका वडा नं. १, घेराबारी क्षेत्रमा मदिराजन्य पेय पदार्थको विक्री वितरणमा पूर्णरूपमा रोक लगाइएको छ।

नेपाल–भारत सीमावर्ती क्षेत्र (दशगजा) मा शान्ति सुव्यवस्था कायम गर्न नेपाल तथा भारतका सीमा सुरक्षा संयन्त्र र कचनकवल गाउँपालिका वडा नं. १ का जनप्रतिनिधिहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सोही निर्णयअनुसार, वडा कार्यालयले सूचना जारी गर्दै महाशिवरात्रिको समयमा मदिरा विक्री–वितरण नगर्न अनुरोध गरेको छ।

EPIC EPIC EPIC EPIC EPIC

वडाध्यक्ष महावीर लिम्बू का अनुसार, महाशिवरात्रि पर्वमा नेपाल–भारतका श्रद्धालुहरूको आवागमन बढ्ने भएकाले शान्ति सुरक्षाका लागि मदिरा विक्रीमा प्रतिबन्ध लगाइएको हो। “यो निर्णय स्थानीय शान्ति सुरक्षालाई ध्यानमा राखी गरिएको हो। सूचना उल्लंघन गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिनेछ,” वडाध्यक्ष लिम्बूले जानकारी दिए।

स्थानीय व्यापारी तथा सर्वसाधारणलाई यो निर्णयको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *