महासंघको सदस्यता सुदृढीकरण पछि मात्र अधिबेशन गर्न प्रेस युनियनको माग

दिपेन्द्र लुईटेल भोजपुर । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण गर्नु पर्ने भन्दै प्रेस युनियन भोजपुरले असहमति सहितको ज्ञापनपत्र बुझाएको हो ।

EPIC

सदस्य टुङ्गो नलगाई जिल्ला प्रदेश र केन्द्रको अधिबेशनको मिति तय गरिएको हो युनियनले विहिवार पत्रकार महासंघ भोजपुर उपाध्यक्ष मनिता राईलाइ ज्ञापनपत्र बुुझाउँदै आफ्नो असहमति प्रकट गरेको हो । महासंघ केन्द्रीय समितिले बनाएको मापदण्ड अनुसार सदस्यता शुद्धिकरण निष्पक्ष र पारदर्शी ढंगले हुनुपर्छ भन्ने मान्यतामा प्रेस यनियन भोजपुर दृढ रहेको उल्लेख गर्दैै तर पत्रकार महासंघ शुद्धिकरण मापदण्डलाई वेवास्ता गरिएको छ ।

EPIC EPIC EPIC

“नेपाल पत्रकार महासंघ गरेको निर्णय एकपक्षीय, पूर्वाग्रही र सुनियोजित रहेको ठहरसहित प्रेस युनियन अस्वीकार गर्दछ”।
पत्रकार महासंघको यो शुद्धिकरण अभियान एउटा अवसर रहेको, जसले आगामी दिनमा नेपाल पत्रकार महासंघको आन्तरिक जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै ज्ञापनपत्रमा पत्रकार महासंघप्रतिको सामाजिक छवि पनि उच्च बन्ने अवसरलाई महासंघले गुमाएको उल्लेख छ ।
शुद्धिकरणमा पर्नैपर्ने वर्षौंदेखि पत्रकारिता नगरेका सदस्यहरुलाई कुनै संगठनको सदस्य भएकै आधारमा जोगाउने र कुनै संगठनको सदस्य भएको आधारमा हटाउने निर्णय तत्काल सच्याउन प्रेस युनियन भोजपुरले माग गरेको छ ।

आफ्नो मागलाई गम्भीरतापुर्वक लिई यथाशीघ्र निर्णय नसच्याएमा त्यसवाट उत्पन्न हुन सक्ने परिस्थिति जवाफदेहि स्वयम पत्रकार महासंघ हुने समेत युनियनले ज्ञापनपत्र मार्फत भनिएको छ । बाहिर सदस्य शुद्धिकरणका आकर्षक कुरा गर्ने तर भित्र अर्कै ढंगले योजना बनाएर गरिने निर्णयको सबै ढंगले प्रतिवाद गर्दै अघि बढ्ने पनि प्रेस युनियनले जानकारी गराएको छ । सदस्यता शुद्धिकरणलाई पारदर्शी र खुला ढंगले अघि बढाउने काममा आफ्नो संगठन सधैं सहयोग गर्न तयार रहेको युनियनले जनाएको छ ।

आगमी चैत्र २९ गते हुने अधिबेशनको मिति तोकि सकेको हुनाले सदस्य टुंगो लगाउनकोलागी नेपाल प्रेश युनियन जिल्ला शाखा कोषाध्यक्ष दिपेन्द्र लुईटेलले युनियन कोशी प्रदेश कार्य समिती निरोज कोईराला ,सारदा तामाङ सहितको उपस्थितिमा ज्ञापन पत्र बुझाएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *