Search
Close this search box.
Search
Close this search box.

महिलाको घाँटी रेटेर बीभत्स हत्या

सप्तरी । आज बिहान (सोमबार) सप्तरीको छिन्नमस्ता गाउँपालिका– १, बरही वीरपुरमा एक महिलाको बीभत्स हत्या भएको छ ।

स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न गएको बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।

EPIC

यसैबीच, घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै, अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *