Search
Close this search box.
Search
Close this search box.

महिलाको सामूहिक बलात्कार पछि हत्या, २ पक्राउ

महोत्तरीको भङ्गहा नगरपालिका– २ बखरीकी ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरीले जानकारी दिएको छ ।

EPIC

गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा रहेकी ती महिलाको उपचारका क्रममा १४ गते राति मृत्यु भएको थियो ।

मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी जबरजस्ती करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *