Search
Close this search box.
Search
Close this search box.

महिला उद्यमीलाई बुद्धशान्ति गाउँपालिकाद्वारा लुगा सिलाउने मेसिन वितरण

बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिले गरिबी निवारणका लागी लघू उद्यम विकास कार्यक्रम अन्तर्गत पालिका भित्रका उद्यमीलाई लुगा सिलाउने मेसिन वितरण गरेको छ ।

गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी बुद्धशान्ति गाउँपालिका वडा नं १ वडा नं २ साथै वडा नं ३ का विभीन्न समुहमा आबद्ध २८ जना महिलाहरूलाई सिलाई मेसिन वितरण गरेको हो ।

EPIC

उद्योग स्थापना गर्न नसक्नेले पनि सिपलाई रोजगारसँग, रोजगारीलाई उत्पादनसंग र उत्पादनलाई बजारसँग जोडेर जिविकोपार्जन गर्न सकिने साथै आर्थिक उपार्जनका लागि सहयोग पुग्ने बताउँदै गाउँपालिका अध्यक्ष मनोज प्रसाईले स्वरोजगार बन्नका लागि गाउँपालिकाले प्रदान गरेको मेसिन सदुपयोग हुनेमा बिश्वास ब्यक्त गरेका थिए ।

यसअघि बाँढिएका विभिन्न प्रकारका प्रविधिको प्रयोग भइरहेको छ कि छैन भन्नेकुराको अनुगमन समेत गर्ने बताउँदै गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले गाँउपालिकाले उद्यमी बन्नका लागि सिपमुलक तालिम प्रदान गरेर प्रविधि हस्तान्तरण गर्दै आएको बताए ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका योजना शाखा प्रमुख मदन कँडेल, वडा नं २ का वडा अध्यक्ष डिल्लि ओलि, वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, कार्यपालिका सदस्य तिला परियार लगायतको उपस्थिति रहेको बुद्धशान्ति उद्यम विकास शाखा प्रमुख तारा अधिकारीले बताइन् ।

पालिकाले २८ जना उद्यमी महिलाहरूलाई सिलाई कटिङ मेसिन वितरण गरेको गाउँपालिकाले जनाएको छ । ७०र ३० प्रतिशत लागत साझेदारी कार्यक्रम अन्तर्गत पालिकाले सिलाई मेसिन वितरण गरिएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *