Search
Close this search box.
Search
Close this search box.

महेन्द्र रत्न मावि कचनकवलका संस्थापकको सम्मानमा अर्धकद मूर्ति अनावरण

कचनकवल । झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा विद्यालयका संस्थापक स्वर्गीय बहादुरचन्द्रसिंह राजवंशीको योगदानलाई सम्झिँदै अर्धकदको शालिक निर्माण गरिएको छ । विद्यालयको २ लाख ८५ हजार ५२५ र गाउँपालिकाको २ लाख ९ हजार ४७५ गरी ४ लाख ९५ हजारको लागत शालिक निर्माण गरिएको हो ।

आज एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले मूर्ति अनावरण गर्दै स्वर्गीय राजवंशीको विद्यालय निर्माणमा गरेको योगदानलाई ऐतिहासिक र प्रेरणादायी रहेको बताए । सिटौलाले विद्यालयको प्रगति र शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, प्रमुख अतिथिद्वारा स्वर्गीय राजवंशीका परिवारलाई सम्मानपत्र पनि हस्तान्तरण गरिएको छ ।

EPIC EPIC EPIC

विद्यालयका प्रधानाध्यापक मोहन राजवंशीले स्वर्गीय राजवंशीको विद्यालय निर्माण र व्यवस्थापनमा दिएको योगदानको उच्च प्रशंसा गरे। उनले जमिन्दारद्वारा विद्यालयलाई दान गरिएको १३ बिघा ४ कठ्ठा ६ धुर जग्गाको स्मरण गर्दै विद्यालयको स्थापनाकालदेखि वर्तमानसम्मको यात्रा चर्चा गरे।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। यस मूर्ति अनावरणसँगै विद्यालयले स्वर्गीय बहादुर चन्द्र सिंह राजवंशीको स्मरणमा विशेष कार्यक्रम आयोजना गर्दै उनको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गरेको छ।

विशिष्ट अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, अतिथिमा ५, ६ र ७ का वडाध्यक्ष, तथा विभिन्न राजनैतिक दलका प्रतिनिधि रहेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *