महेश बस्नेतको कदम: ओलीको मात्र होइन, राजनीतिक स्थिरताको रक्षा

महेश बस्नेतलाई धेरैले कडा स्वभाव र विवादित राजनीतिक शैलीसँग जोड्दै आए पनि, उनको काम र संकटका क्षणमा देखिएको सक्रियताले उनलाई फरक ढंगले चिनाएको छ। व्यक्तिगत रूपमा मन नपर्नेहरूले पनि आफ्नो क्षेत्रमा उनले गरेको विकासले प्रभावित भएको अनुभव सुनाउँछन्, जसमा सडक, संरचना र सेवा–सुविधामा आएको तीव्र परिवर्तन उल्लेखनीय छ।

नेपालमा जेन–जेड आन्दोलनपछि राजनीतिक तनाव बढेको संवेदनशील घडीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा संकटमा पर्दा, धेरै शीर्ष नेता मौन रहँदा बस्नेत मात्रै अघि बढे। आन्दोलनको भोलिपल्टै तोडफोड र अस्थिरता बढ्दै जाँदा ओलीलाई सैनिक हेलिकोप्टरमार्फत सारेर ब्यारेकमै राख्नुपरेको अवस्थामा, बस्नेतले जोखिम बेवास्ता गर्दै उनीसँग प्रत्यक्ष हस्तक्षेप गरे र गुन्डुस्थित सुरक्षित स्थानमा ल्याए। रोक्न खोजिएको भनाइबीच पनि आफ्ना निर्णयमा अडिग रहेर नेतृत्वप्रति उनले असाधारण निष्ठा देखाए, जसलाई विश्लेषकहरू परम्परागत दलिय संरचना र राजनीतिक स्थिरता जोगाउन योगदान पुगेको कदम मान्छन्।

EPIC EPIC EPIC

कलाकार किरण केसीले समेत उक्त भूमिकालाई परिस्थितिअनुसार सही भएको टिप्पणी गरेका छन्। कलाकार किरण केसीले पनि खुलेरै भनेका छन् “जसको घर जलेको छ, त्यही मान्छे बोल्छ। महेशजीको भूमिका परिस्थितिलाई हेर्दा ठिकै लाग्छ।” अनेक नियुक्ति, नातेदारी र नजिकका मान्छेले पनि ओलीको पक्षमा बोलेनन्, तर बस्नेत एक्लै उभिए। कसैले नलेख्ने कुरा उनले लेखे, कसैले नबोल्ने बेला उनले बोले। महेश बस्नेतको कदम धेरैलाई ओलीको रक्षा जस्तो देखिए पनि, गहिरोसँग हेर्दा यो राजनीतिक दलिय व्यवस्था र संस्थागत स्थिरताको रक्षा थियो। उनका कारण परम्परागत दलहरू पुनः सहज अवस्थामा फर्कन सके, आन्दोलनपछि थिलथिलो बनेको वातावरणलाई ‘सामान्य’ बनाउने मौका पाए।

जेन–जेड आन्दोलनकै उग्र चरणमा बस्नेतको निवाससमेत तोडफोड र आगजनीमा परेको थियो, तर उनले पार्टी र जनताप्रति आफ्नो प्रतिबद्धता कायम रहेको प्रतिक्रिया दिए। राजनीतिक वृत्तमा लामो समयदेखि सक्रिय बस्नेत २०७४ मा भक्तपुरबाट प्रतिनिधिसभामा विजयी भएका थिए, युवा संगठनबाट नेतृत्व यात्रा सुरु गरेका उनले सुशील कोइरालाको मन्त्रिपरिषद्मा उद्योग मन्त्रीको रूपमा भूकम्पपीडित उद्योगीका कर्जा मिनाहा गर्ने निर्णयसमेत गरे। ‘म महेश’ शीर्षकको आत्मकथा प्रकाशित गरिसकेका उनी पछिल्ला वर्षहरूमा विवाद, सक्रियता र संकट व्यवस्थापनका कारण नेपाली कम्युनिस्ट राजनीतिमा निरन्तर चर्चाको केन्द्र बनेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *