Search
Close this search box.
Search
Close this search box.

माईतीको चिहानमा सयपत्री राखिदिनु (कथा)

  • भुवन तामाङ

बिहान उठेर सानी मुख धुन्छिन् । चिया पकाउँछिन् र घरका सबैलाई खुवाउँछिन्। अनि दाइसँगै डोको र हँसिया बोकेर बारीतिर लाग्छिन् । उनीहरु डोकोभरी घाँस काटेर घर ल्याउँछ्न । त्यसपछि उनीहरु आमाले पकाइराखेको भात खाएर, लुगा फेरेर कापीकिताब च्यापेर स्कूल दौडन्छन् । “खोइ दाइ तिम्रो किताब म बोकि दिन्छु । होइन बहिनी म पो तेरो किताब बोकिदिन्छु, म दाइहुँनि ।”दाइबहिनी खुबै मिल्छन् । उनीहरु स्कुल छुट्टी हुनासाथ सँगै घर फर्कन्छन् । घरमा आइपुगेर बारीमा पगा लगाइराखेका गाईवस्तु घरमा ल्याउन र साँझपखको घाँस हाल्नलाई बाबुलाईसघाउँछन् । अनि सानी आमालाई भान्छाको काममा सघाउँछिन् ।

दाइचाहीँ घरको बाँकी काममा बाबुलाई सघाउँछन् । आमाबाबु छोराछोरी सँगै भात खान्छन् ।उनीहरुको सुखी परिवार रुपी डुङ्गा सलल बगिरहेको छ । दुईछाक खान, एकसरोलाउन, छोराछोरी पढाउन, पाहुनापासालाई स्वागत सत्कार गर्न पुगेको छ रदुःख सुख चाडबाड मनाउन पुगेकै छ ।तर, उनीहरुको यस्तो सुख नियतीलाई सह्य भएन । उनीहरुको शान्त र सुखी परिवारमा एकाएक नसोचेको आपत आइ पर्दछ ।

EPIC

उनीहरुको थोरै भएको बारी र घरघरेडी राष्ट्रको राजमार्गभित्र परेको सरकारी पर्चा आइपुग्छ । राजमार्ग बन्नु देशको लागि राम्रै हो तर आफ्नो त घरबासै उठ्ने भो । सानीका बाले क्षतिपूर्ति सहयोग पाउँ भनि धेरै ठाउँमा विन्ती बिसाउँछन् । आखिर उनको विन्ती सुनिदैन । अनायसै उनीहरु सुकुम्वासीमा परिणत हुन्छन् । उनीहरुकोघर खेतमा बुल्डोजर कुद्छ । हेर्दा हेर्दै नामो निशान मेटिन्छ । बगरको वास हुन्छ उनीहरुको । खोला किनारमा एउटा सानो छाप्रो बनाएर बस्छन् । यसै पीडाको आघातले सानीकाबाबु हृदयघात भइ परलोक हुन्छन् । आमा पनि पीरैले रोगिएर परलोक हुन्छिन् । सानी र उनकादाइ टुहुरा टुहुरी हुन पुग्छन् ।


उनीहरुको पढाइ पनि छुट्छ । उनीहरुको त्यो बगरको छाप्रोमाथि पनि नियतीको आँखा लाग्छ । साउनको भेलबाढीले बगाएर लगिदिन्छ । दाजु बहिनी अभिभावक विहीन मात्र होइन ओत विहीन हुन्छन् । दाइचाहीँले सम्झन्छन् उनीहरुको कोही नातेदार सदरमुकाम शहरमा बस्छन् । उनीहरु त्यहाँ आश्रय माग्न पुग्छन् । नातेदारहरुले केही समय बस्न र खान दिन्छन् तर अब उनीहरु आपैmले आफ्नो व्यबस्था गर्नु पर्ने भनिदिन्छन् । आखिर बाँच्नु छ । मानिसले अप्ठेरोबीच नै केही सिक्दछ । सदरमुकाम शहरमा काम खोज्छन् । दाजु चाहीँले कपडा पसलमा सहयोगीको काम पाउँछ । केही आम्दानी हुन थालेपछि उनीहरु शहर किनारमा डेरामा बस्न थाल्छन् । सानी, सानी नै छिन् मात्र एघारवर्षकी । तर आमाले सानै देखि सिकाएकोले सानी खाना पकाउन सक्ने भएकी छिन् । दिनभरीको कामले थाकेर आएका दाजुलाई खानापकाएर खुवाउँछिन् ।

उनीहरुको दैनिकी यसरी नै चलेको तीनचार वर्ष भैसक्छ तर न त उनीहरुले आफ्नो शिक्षालाई निरन्तरता दिन सक्छन् न त केहीपैसा जोगाड गर्न । यस्तै दुःख सुखका कुरा दाजुचाहीँले कोही चिनजान तथा जान्नेसुन्नेसँग गर्छन् । कसैले विदेश जान सल्लाह दिन्छन् ।कतिपय म्यानपावर कम्पनी यस्ता पनि हुन्छन् जसले शुरुमा आपैm खर्च हालिदिएर कामदार विदेश पठाउने गर्दछ । त्यस्तै कम्पनीमार्पmत दाजुचाहीँ विदेश अरब हानिन्छन् । उनले राम्रैकाम पाउँछन् र केही पैसा बहिनीलाई पठाउन पनि थाल्दछन् । तर उनीहरुको यस्तो सुखमापनि नियतीको आँखा लाग्छ ।

एक दिन बहिनीचाहीँले खबर पाउँछिन्, विदेशमा दाइको मृत्यु भयो भनेर । नेपालमा रहेकी बहिनी ‘सानी’ रोएर बेहाल हुन्छिन् । सानीको एकमात्र अभिभावक दाजुले पनि छोडेर गए । उनको दाजुको शव नेपाल ल्याउन सकिएन । पहल गरिदिने कोही भएनन् । आखिर उतै कतै मरुभूमिमा गाडिदिए उनको दाजुलाई । यता सानीलाई कोही सामाजिक अभियन्ताले उद्धार गरेर असहाय बालबालिकालाई साहार दिने एक राम्रो बालगृहमा पु¥याइदिन्छन् । बालगृहमा धेरैधेरै बालबालिकाहरुका पनि आफ्नै जस्तो कथाव्यथा भएको थाहा पाउँदा सानी चित्त बुझाउँछिन् तर आपूmलाई औधीमाया गर्ने दाजुलाई सम्झेर कहिलेकाहीँ रुने गर्छिन् । समय बित्नेक्रम सँगै सानी ठूली हुन्छिन् । बालगृहले नै सानी कै जस्तो अवस्था रहेका बालगृहमै बालिग भएका एक युवकसँग सानीको विवाह गरिदिन्छन् । यतिन्जेलसम्म बालगृहले उनीहरुलाई जीवनयापन गर्ने शिक्षा, ज्ञान र सीप पनि दिइसकेको छ । त्यसैले बालगृहले यस्तो निर्णय गरी विहे पनि गरिदिन्छ । अब उनीहरु आफ्नै खुट्टामा उभिन बालगृहबाट विदा हुन्छन् । सानी एउटा निजी स्कुलमा नानीहरुलाई पढाउन थाल्छिन् भने उनका श्रीमान् एक सहकारीमा ।


उनीहरुको दाम्पत्य जीवन सुख पुर्वक बित्न थाल्दछ । उनीहरुले विहे गरेपछिको पहिलो चाड दशैँ भव्य रुपमा मनाउँछन् उनीहरुको आफ्नै कमाइले । उनीहरु उनीहरुकै बालगृहमा बालगृहका गुरुआमा, गुरुबासँग टीका थाप्न पुग्छन् । त्यहाँ रहेका बालबालिकासँग रमाउँछन् । लगत्तै आउने महान चाड तिहारमा पनि उनीहरु बालगृह नै आउने छन् । सानीले बालगृहमा रहेका भाइहरुलाई भाइटीका लगाइदिने छिन् भने उनका श्रीमान्लाई बहिनीहरुले । तर सानीको मनमा विदेशमा मृत्यु भएका उनको आफ्ना दाजुको सम्झना गाढा भएर आउँछ।

दाजुलाई तिहारमा टीका लगाएको सम्झना गाढा भएर आउँछ । सानी केही सोच्नै सक्दिनन् तर उनले पढाउने स्कुलकी एक शिक्षिका साथीकी दाजु विदेशमा सानीकै दाजु गएकै ठाउँ जाने थाहा पाएपछि भने सानी खुशी हुन्छिन् । सानीले स्कुलबाट पाएको तलबले उनको दाजुले मन पराउने कुराहरु — जिन्स्पेन्ट, टि–सर्ट, कपडाको स्तरीयजुत्ता, एउटा बच्छैबाजा (माउथ अर्गन) किन्छिन् ।

यी कुरा उनको दाजुले खुब मन पराउने गर्थे तर कतिपय कारणले लगाउन पाएका थिएनन् । संगीतमा रुची राक्थे तर कुनै पनि बाजा किन्न सकेका थिएनन् । सानीले भाइटीकामा लाउने सबै रंगका प्याकेट पनि किन्छिन् । भाइटीकामा चेलीले माइतीलाई उपहार दिने ओखर सहितको भाइमसला प्याकेट (खानेकुरा) किन्छिन् । एउटा ढाका कोटी पनि किन्छिन् । त्यसपछि मखमली फूल मिसाएर सयपत्रीको एउटा ठूलो सुन्दर माला आफै उन्छिन् । यी सबैको एउटा गिफ्ट प्याकेट तयार पार्छिन् ।

अनि आपूmले पढाउने स्कुलकी शिक्षिका साथीकी दाइलाई आप्mनो दाजुको सत्गत् भएको ठेगाना सहितको त्यो पार्सलहस्तान्तरण गर्दै गहभरी आशुँ पार्दै भन्छिन् “जसरी भएपनि नबिर्सिकन मेरो माइतीको चिहानमा यो सयपत्री राखिदिनु ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *