Search
Close this search box.
Search
Close this search box.

माई नगरपालिकाको महिला कृषि सहकारी संस्थामा चोरी

image search 1682574888635

माई। साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका ४ इलाममा अपरिचित समूहले नगद चोरी गरेको छ।

माई नगरपालिका ४ गैरीगाउँमा रहेको सहकारीबाट लकर सेफमा रहेको र अन्य स्थानमा रहेको नगद गरी २७ लाख ७१ हजार ५ सय ६५ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।

EPIC

मंगलबार राति ११ बजेर ४५ मिनेट देखी १ बजेर २९ मिनेट सम्म ४ जनाको समुहमा सहकारी कार्यालय भित्र पसेर चोरी गरेको सिसि क्यामेरा फुटेजमा देखिएको सुरक्षा स्रोतले जनाएको छ ।

सहकारीको सोमबार सम्मको नगद मौज्दात २६ लाख ७१ लाख ७ सय ६५ रुपैयाँ र मंगलबारको वचत ९९ हजार ८ सय रहेको व्यवस्थापक इन्द्र बहादुर रैका मगरले जानकारी दिए । सानाकिसान कृषि महिला सहकारी संस्थामा करिव १ हजार ३ सय महिला सदस्य रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *