माओवादीले जितेका ७ स्थानीय तहमा ‘जनयुद्ध दिवस’को अवसरमा बिहीबार सार्वजनिक बिदा

झापा। कोशी प्रदेशका सात वटा स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। नेकपा माओवादी केन्द्रले जितेका ती पालिकाहरूले बिदा दिने निर्णय गरेका हुन्।

EPIC

पाँचथरको मिक्लाजुङ गाउँपालिका, उदयपुरको लिम्चिङबुङ गाउँपालिका, खोटाङका खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन्।

EPIC EPIC EPIC

यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि सार्वजनिक सूचना निकालेर बिदा दिने घोषणा गरेका छन्।

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले उपनिर्वाचनपछि १३ वटा पालिका जितेको थियो। कार्यपालिकामा बहुमत पुगेका पालिकाहरूले बिदा दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले जानकारी दिए।

‘सबै पालिकामा हाम्रो कार्यपालिकामा बहुमत छैन,’ उनले भने, ‘७ वटाले बिदा दिने निर्णय गरेको जानकारी प्राप्त भएको छ।’

पछिल्लो समय माओवादी केन्द्रले फागुन १ गते मनाउने जनयुद्ध दिवस विवादमा परेको छ। सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरिसकेको छ। तथापि, माओवादीले जितेका स्थानीय तहले भने सार्वजनिक बिदा दिने गरेका छन्।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले सशस्त्र संघर्ष थालेको थियो। त्यही दिनको सम्झनामा माओवादीले ‘जनयुद्ध दिवस’ मनाउने गर्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *