माओवादी बैठकको शुरूमै होहल्ला भएपछि पत्रकारलाई बाहिर निकालियाे

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएपछि पत्रकारहरुलाई बाहिर निकालिएको छ ।

बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु गएका थिए । बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए । तर पार्टीले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेताले बैठकमा धारणा राख्ने तयारी गरिएको थियो । त्यसको विरोध गर्दै प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग उठेपछि बैठक हलमा होहल्ला भएको थियो । त्यसपछि महासचिव देव गुरुङले पत्रकारहरुलाई बाहिर गइदिन भनेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

बैठकमा महासचिव गुरुङले बैठकका एजेण्डा प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन, आम निर्वाचन, पार्टी एकता लगायत विषय बैठकका एजेण्डा छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *