कचनकवल। कचनकवल गाउँपालिकामै रहेको एक मात्र बौद्ध धर्म सेवा समिति तथा गुम्बामा बुद्धको मुर्ति हस्तान्तरण गरिएको छ।

हिजो (शुक्रबार) कचनकवल २ मागुरमाढीस्थित गुम्बामा सञ्चालन भएको कार्यक्रमबिच समिति का अध्यक्ष धन बहादुर गुरुङलाई मुर्ति हस्तान्तरण गरिएको हो।
हाल कचनकवल २ घर भई बेलायत तथा बेल्जियम र युकेलाई कर्म थलो बनाई रहेका तीन जना मध्ये रणध्वाज गुरुङले अभिताव मुर्ति सहयोग गरेका हुन् ।
त्यस्तै, ज्योति गुरुङले आर्य लोकेश्वर मुर्ति र बिचारी गुरुङले पदमसम्भव मुर्ति हस्तान्तरण गरेका हुन्। त्यस्तै उनीहरुले संकलित तीन लाख २५ हजार तीन सय रुपैयाँसमेत हस्तान्तरण गरेका छन्।



कार्यक्रममा समितीका अध्यक्ष धनबहादुर गुरुङ, प्रमुख अतिथि सुमन लामा र विशेष अतिथिमा मदन गुरुङ कुल बहादुर गुरुङ, छिरिङ गुरुङ रहेका थिए।



















