Search
Close this search box.
Search
Close this search box.

माङ्सेबुङ् गाउँपालिकाको कार्यालयमा तालाबन्दी

screenshot 20230311 060302 lite

प्रदेश १ को नाम ‘कोसी’ नामकरण गरेसँगै त्यसको विरोधमा इलामको माङ्सेबुङ गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी भएको छ । ‘कोसी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनः नामकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो ।

‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिलाई ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरेको हो । आन्दोलनकारीहरूले स्थानीय तह र वडा कार्यालयमा तालाबन्दी गरी ‘कोसी’ प्रदेश नाम खारेज गर्न र पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने भन्दै स्थानीय तहमा तालाबन्दी गर्न थालेका हुन् ।

EPIC

गाउँ कार्यपालिकाको कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को वडा कार्यालयमा समेत आन्दोलनकारीले तालाबन्दी गरेका छन् । यसअघि आन्दोलनकारीले माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर ३ को शाखा कार्यालय भञ्ज्याङ र ५ को वडा कार्यालय, इलाम नगरपालिका–११ को वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

आन्दोलनकारीले कोसी नामका बोर्ड हटाउने, कोसी नामका लेटरप्याड जलाउने, कोसी प्रदेश नाममा मत हाल्ने सांसदलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति विस्तार जारी राख्ने, पर्चा निर्माण र वितरण गर्ने, भित्ते लेखन गर्ने, राँके जुलुस गर्ने, आमहडताल र प्रदेश राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ लगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनले ‘कोसी’ प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् । आन्दोलनकारीले आइतबार प्रदेशव्यापी आमहड्तालसमेत आह्वान गरेका छन् भने ५ चैतमा प्रदेश राजधानी विराटनगरमा जनप्रदर्शन गर्ने प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *