माछा मार्ने क्रममा बाढीले एकै परिवारका चारजना बगायो, एकको मृत्यु, दुई बेपत्ता

सुन्दरहरैँचा । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको हो ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी -सासू र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *