Search
Close this search box.
Search
Close this search box.

मानव अधिकार तथा शान्ति समाज झापाको नयाँ नेतृत्व, सभापतिमा रिजाल

बुधबारे। मानव अधिकार तथा शान्ति समाज झापा सभापतिमा सुशिला रिजाल चयन भएकी छिन् । समाजको वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि रिजालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापतिमा प्रकाश दाहाल, सचिवमा धनु भट्टराई, कोषाध्यक्षमा प्रेम प्रकाश भण्डारी तथा सह–सचिवमा ज्ञानु थापा चयन भएका छन् । त्यस्तै सदस्यमा रमेश दाहाल, युवराज ढकाल, भास्कर निरौला, चेतनाथ बास्तोला, पवित्रा दर्नाल र देवेन्द्र पौडेलल चयन भएका छन् । थप चार सदस्य कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।

EPIC

मेचीनगर–१०, स्थित धुलावारी माविको सभाहलमा आयोजित साधारण सभामा समाजका केन्द्रीय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागीता रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि विष्णुप्रसाद भट्टराईले मानव अधिकारको क्षेत्रमा ऐन तथा विधानले निर्दिष्ट गरेका बिषयमा अझ ब्यापक बनाएर लैजानु पर्नेमा जोड दिए ।

केन्द्रीय सचिव विकास थापाले गैर-नाफामूलक समाजिक संस्थाको रुपमा रहेको मानव अधिकार तथा शान्ति समाजले सदस्यको ब्यक्तिगत लगानीमा राष्ट्रियस्तरका विभिन्न कार्यक्रम गर्न सफल भएकोमा सबै सदस्य तथा शुभेच्छुकप्रति आभार प्रकट गरे ।

कार्यक्रममा संस्थाका पूर्व केन्द्रीय सदस्य पुष्पराज पौडेल, पूर्व जिल्ला अध्यक्ष टिकेन्द्र खनालगायतले शुभकामना ब्यक्त गरेका थिए । सोही अवसरमा थप ७ जनालाई समाजको आजीवन सदस्यता प्रदान गरिएको थियो । योसँगै झापामा समाजको आजीवन सदस्य संख्या २९ पुगेको जानकारी गराइयो ।

साधारण सभाले समाजको केन्द्रीय भवन निर्माणका लागि नगद एक लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव पारित गरेको छ । समाजको आशन्न राष्ट्रिय अधिवेशनका लागि उम्मेदवार मनोनयनका लागि पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाको नाम प्रस्ताव गरेको छ । साथै अधिवेशन सहभागी प्रतिनिधिसमेत छनौट गरेको छ ।

समाजका उप–सभापति सुभाष रिजालले स्वागत गरेको कार्यक्रमको अध्यक्षता शाखा सभापति लिलाप्रसाद भण्डारी तथा सञ्चालन सचिव रमेश कुमार दाहालले गरेका थिए । वि.सं. २०५३ सालमा स्थापना भएको समाजले मावन अधिकार, लोकतन्त्र, शान्ति तथा अहिंसालाई मूलमन्त्र मानेर सक्रियरुपमा कार्य गर्दै आइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *