Search
Close this search box.
Search
Close this search box.

मानव बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

बिर्तामोड । मानव बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नं. ५, कन्काई रोडमा कार्यालय रहेको २०६५ बाट संचालित सो संस्थाको साधारण सभा संस्थाका अध्यक्ष भरत कुसुवरको सभापतित्व र मानव विकास केन्द्रका अध्यक्ष तथा सरस्वती आधारभूत विद्यालय बुद्धशान्ति २ का प्राध्यानाध्यापक लोकबहादुर माझीको प्रमुख आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष कुसुवरले संस्थाको संचालक समितिको तर्फबाट आव २०८०।०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८१।०८२ को योजना प्रस्तुत गरेका छन् । दुईहजार एकसय ७० शेयर सदस्य रहेको संस्थाको शेयर पूंजी ७५ लाख बाईसहजार, बचत निक्षेप एक करोड ६० लाख ५८ हजार नौसय ८२ र ऋण लगानी दुईकरोड तीनलाख ७७ हजार दुईसय ७० रहेको छ । झापा जिल्ला कार्यक्षेत्र रहेको यस सहकारी संस्थाको ध्येय आर्थिक सामाजिक तथा वातावरणीय सेवाहरुको माध्यमबाट सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी नारालाई आत्मसात गर्दै स्वरोजगार तथा रोजगारीको अवसरहरु श्रृजना गराउने लगायतका रहेका छन् । सहकारी संस्थाको सचिव कृष्णमाया चौधरीले संस्थाको आयव्यय लगायत भिन्नि वित्तिय विवरण लगायत शेयर सदस्यहरुका लागि सुविधाहरु प्रस्तुत गरेकी छिन् ।

EPIC

सभामा संस्थाका उपाध्याक्ष तथा ज्येष्ठ पदाधिकारी गुणनाथ पौडेललाई दोसल्ला ओढाइ सम्मान गरिएको छ । त्यस्तै, असल आवधिक बचत गर्ने सदस्य अग्रज राई र यसकुमारी राई, असल ऋणी सदस्य संजिव नेम्वाङ र महेश सुनुवार, त्यस्तै गरी असल बाल बचत गर्ने बालबालिका आरोही कुँवर र आयन्सी श्रेष्ठलाई प्रमाणपत्र तथा नगद प्रदान गरी सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष कुसुवरले, सदस्यहरुको आर्थिक तथा सामाजिक हितका लागि संस्थाले सदैव काम गर्ने बताउँदै ढुक्क भएर बचत गर्न अनुरोध गर्दै सदस्यहरुलाई राम्रो प्रतिफत तथा लाभांश उपलब्ध गराउने बताएका छन् । सभाका प्रमुख अतिथि माझीले मानव बचत तथा ऋण सहकारीले सदस्यहरुको हितमा राम्रो काम गरिरहेको पाउँदा खुशी लागेको बताउँदै आफू अध्यक्ष रहेको संस्था मानव विकास केन्द्रको सिप मूलक कार्यक्रममा यस सहकारीका सदस्यहरुलाई पनि तालिम तथा सीप विकासका अवसर प्रदान गर्दै लैजाने बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *