झापा, १३ असार । झापामा हात्तीको आक्रमणबाट ७२ जना मानिसको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०६७/०६८ देखि २०८१/०८२ को हालसम्म सात जना गैर नेपालीसहित ७२ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका डा. सुमन भलले जानकारी दिनुभयो । सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् ।
चालू आर्थिक वर्ष २०८१र०८२ को साउन महिनादेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्यांक हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ ।
जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा हात्ती आहाल ९पोखरी निर्माण०, फलफूलका बिरुवा रोपण, गस्ती लगायतका क्रियाकलाप हुँदै आए पनि मानव–हात्ती द्वन्द्व बढिरहेको छ ।
फरेष्ट एक्सन नेपालका डा। लिलानाथ शर्मा विद्युतीय तारवारले मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण नहुने बताउनुहुन्छ । “तारवारले मात्र हात्तीलाई रोक्न÷छेक्न सकिँदैन”, उहाँले भन्नुभयो, “वनमै सुधार जरुरी छ ।”
हात्तीको जैविक मार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण र वनमा सुधार गर्न सके मावन–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।
खानाको खोजीमा जंगलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने उहाँ बताउहुन्छ । वन अतिक्रमणसँगै वन जंगल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको छ ।
हात्तीले मकै मन पराउने भएकाले पनि मकै खेती हुने बेलामा भारतबाट हुल बाँधेर हात्ती आउने गरेको डिभिजन वन कार्यालय झापाका डा। सुमन भलले बताउनुभयो । अन्य समयमा भन्दा मकैको सिजनमा हात्तीको आवागमन बढी हुने उहाँको भनाइ छ ।
२५ वटा हात्तीको मृत्यु
झापामा २०६२ सालयता २५ वटा हात्ती मृत फेला परेका छन् । पछिल्लो समय जिल्लामा हात्तीको मृत्यु हुने क्रम बढेको छ । विगतमा बर्सेनि एक÷दुई वटा हात्ती मृत भेटिने गरेका थिए । तर, केही वर्षयताको मृत्यु हुने क्रम बढेको हो ।
गत आर्थिक वर्ष २०८०र०८१ मा चार वटा हात्ती मृत फेला परेका थिए भने चालू आवमा समेत हालसम्म चार वटा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
साढे नौ करोड राहत
जिल्लाका हात्ती पीडितलाई सरकारले आर्थिक वर्ष २०६८र०६९ देखि चालू आर्थिक वर्ष २०८१र०८२ को हालसम्म रू नौ करोड ६८ लाख ४७ हजार नौ सय दुई राहत स्वरुप प्रदान गरिसकेको छ ।
हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रू १० लाख, घाइतेलाई अधिकतम रू दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षतिको भएको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जिल्लामा पाँच सय २५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा रहेको डिभिजन वन कार्यालय झापाका डा. सुमन भलले बताउनुभयो ।