`मानिसले आफ्नै घरमा सुरक्षित भएर बाँच्न नपाउने के गणतन्त्र भनेको यही हो?’

  • निशा आचार्य,

के गणतन्त्र भनेको यही हो? मान्छेले आफ्नै घरमा सुरक्षित भएर बाँच्न नपाउने हो ?आफ्नो खुशीले बाँच्न नपाउने हो ? आफ्नो ईच्छा अनुसारको लुगाकपडा लगाउन नपाउने हो ? गल्ती आफ्नै नजर र दृष्टिको हो कि शरीरका लुगाको? बालिकाहरु जन्मिनुभन्दा अघिनै गर्भमै मारिन्छन् अब किनकी आमाबाबाले छोरीको यस्तो विभत्स लास हेर्न सक्दैनन् ।

जन्मिसकेपछि त हर एक पाइलामा अनि हर एक व्यक्तिसँग त्राही – त्राही भएर बाँच्नुपर्छ
। छोरी भएर जन्मिनु नै गल्ती हो भने सृष्टी रोकिनैपर्छ छोरीको । हिम्मत त हेर्नुहोस् ति मान्छेको ति कलिला शरीर निमोठ्न अलिकति हात नि नकामेको । कठै मेरो देशमा छोरीको हालत ! कहाँ छ इज्जत ?कहाँ छ सुरक्षा ? जताततै कुटपीट हिंसा बलात्कार र हत्या! कति दर्दनाक स्थितिबाट गुज्रिनुपर्छ हरेक ठाँउमा?

EPIC EPIC EPIC

छोरी भएकै कारण गर्भमा तुहिनुपर्ने संघर्ष गरेर जन्मेपछि कुटपीट , आफ्नो खुशीले बाँच्न खोजे एसिड प्रहार, अझै भएन दाइजोको नाममा जिउँदै जलाइनुपर्ने अनि बलात्कार त्यसपछि हत्या । हे भगवान, यसरी ज्यान फाल्नुपर्छ भने किन जन्म हुनु छोरीको?खोट मान्छेको मानसिकतामा छ दोष लुगालाई दिइन्छ अरे मुर्ख मानव त्यही लुगा छोराले लगाउदा राम्रो देख्ने नजरले छोरीलाई किन त्यही लुगामा देख्न सक्दैनौ ?

हाफ् पाइन्ट तिम्रो शरीरमा राम्रो सुहाउँछ त्यही हाफ् पाइन्ट छोरीले लाउँदा लुगा गलत भन्छौँ । तिमीले खुट्टा देखाए सामान्य तर सँगै छोरीको खुट्टा देखिए बाबा रे बाबा कत्रो अपराध? गञ्जी लाएर तिमी आरामले घुमफिर गर्न सक्छौ तर छोरीले लाएको कपडाभित्र भित्री लुगाको झुक्किएर डाम मात्र देखियो भने पनि असहज मान्नुपर्ने के छ त्यस्तो? किन सामान्य लाग्दैन तिमीहरुलाई ए पुरुषका खोल ओढेका राक्षसहरु?

किन बुझ्न सक्दैनौ कि तिम्रो र उसको शरीर उस्तै हो छोडिदेउ हरेक ठाउँमा उसलाई गिद्देनजर लाउन!यतिसम्म बाँच्न कठिन भईसक्यो कि अब त कसैसँग खुलेर बोल्न डर,एक्लै हिँड्न डुल्न डर,घरभित्रै पनि सुरक्षित बस्न सकिने अवस्था छैन भने किन रहनुपऱ्यो र छोरीको अस्तित्व ??

रोकियोस् सृष्टिबाट छोरीको जन्म अनि रोकियोस् यो घोर अपराध ! नत्र त कतैबाट यसलाई रोक्न पहल हुनेवाला छैनरहेछ !न्याय माग्न जाँदा परिवारले गर्नुपर्ने सम्झौता ,पैसा र पावरसँग झुकेर ज्यान साट्नुपर्ने अवस्था..न कानुन बलियो न त उचित सुरक्षा आखिर कहिले सम्म हो यस्तो सहनुपर्ने?कति छोरीको बली चढेपछि आउँछ यी राक्षसको सोचाइमा सुधार?

सबैभन्दा पहिले त मान्छेले आफ्नो सोच बदल्नुपर्छ ! अनेक संस्कृति र अन्धविश्वासका नाममा हुने महिलाहिंसा कम गर्न सबै क्षेत्रबाट हातेमालो गरेर लाग्नैपर्छ नत्र कहिँकतै पनि बच्ने छैन नारीको अस्तित्व ।( लेखकको नितान्त बिचार)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *