Search
Close this search box.
Search
Close this search box.

‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भन्दै भाइरल भइरहेको भिडिओको वास्तविकता यस्तो रहेछ ?

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा अधवैंशे पुरुष र महिलाको ‘आपत्तिजनक’ सीसीटीभी भिडिओ भाइरल भइरहेको छ । भिडिओमा देखिएका व्यक्तिहरू शिक्षक जस्तो देखिएका छन् भने उनीहरू कार्यालयभित्र चुम्बन गरिरहेको देखिएका छन् । 

उक्त भिडिओको ब्याकग्राउन्डमा नेपाली फिल्म ‘अर्जुन’ को चर्चित गीत ‘मास्टर साहेब सिकाइदेऊ पिरती’ बोलको गीत बज्छ । भिडिओ पोस्ट गर्दा स्ट्याटसमा पनि मास्टर साहेब सिकाइदेउ पिरती लेखिएका छन् ।

EPIC EPIC EPIC

भिडिओ हेरेर नेपालका सरकारी कार्यालयमा यस्ता घटना बढेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका छन् । कतिपयले “गीतलाई सुहाउँदो भिडिओ आएछ”, “शिक्षकले अब पितरी सिकाएर विद्यार्थीलाई एसईई पास गराउने भए” भन्दै व्यङ्ग्य गरिरहेका छन् ।  

यसमा २८ डिसेम्बर २०२४ र ३ डिसेम्बर २०२४ का दुई ओटा भिडिओ जोडिएको देखिन्छ । यो भिडिओ नेपालको भएको अनुमान सामाजिक सञ्जालमा गरिएपनि भारतको रहेको खुलेको छ । 

यस सीसीटीभी भिडिओ राजस्थानको चित्तोडगढस्थित गंगरार क्षेत्रको एक सरकारी विद्यालयको हो । भाइरल भिडिओमा देखिएका पुरुष विद्यालयका प्रधानाध्यापक हुन् भने महिला शिक्षिका हुन् । 

उनीहरूको आपत्तिजक भिडिओ प्रधानाध्यापक कक्षको हो । प्रधानाध्यापक कक्षको सिलिङमा लुकाएर जडान गरेको सीसीटीभीले उक्त भिडिओ खिचेको पाइएको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ । 

मंगलबार सार्वजनिक भएको आजतकको समाचारअनुसार उक्त भिडिओ केही हप्ता पुरानो हो । शिक्षकको उक्त आपत्तिजनक भिडिओ ईमेलमार्फत चित्तोडगढका जिल्ला शिक्षा अधिकारीलाई पनि पठाइएको थियो । शिक्षा अधिकारीले भिडिओ हेरेपछि गत सोमबार दुवै शिक्षकलाई निलम्बन गरिसकेका छन् । उनीहरूमाथी थप अनुसन्धान अघि बढाइएको छ ।

भिडिओ कैद गरिएको विद्यालयमा कुल नौ शिक्षक छन् । तीमध्ये सात जना महिला शिक्षक रहेका छन् । प्रधानाध्यापकले अन्य महिला शिक्षकलाई पनि गलत नियत राख्ने गरेको आरोप लगाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *