मिनि म्याराथन: बिर्तामोडका शिव कार्की प्रथम, सर्मिला दर्नाल महिलातर्फ विजेता

बिर्तामोड — लायन्स क्लब अफ कनकाई दुर्गापुरद्वारा आयोजित मिनी म्याराथनको उपाधि बिर्तामोडका १५ वर्षीय धावक शिव कार्कीले जितेका छन्। कार्कीले ७ किलोमिटरको दूरी १९ मिनेटमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन्। विजेताका रूपमा उनले ५ हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा दोस्रो स्थानमा सुखदेव टुडु, तेस्रोमा सुरज थापा र सान्त्वना स्थानमा सुवास दनुवार रहेका थिए। क्रमशः उनीहरूले ४ हजार एक सय, ३ हजार एक सय र २ हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरे। महिलातर्फ सर्मिला दर्नालले सहभागी महिलामध्ये पहिलो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार पाइन्।

EPIC EPIC EPIC EPIC EPIC

यस म्याराथनमा ५२ जना धावकले सहभागिता जनाएका थिए। लायन्स क्लब अफ कनकाई दुर्गापुरका भुवन खतिवडाका अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *