Search
Close this search box.
Search
Close this search box.

मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु, एक जना बेपत्ता

जाजरकोट । जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता भएका छन् भने सात जना घाइते भएका छन् ।

गए राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

EPIC

प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका दिलबहादुर शाही रहेका छन् । अर्का एक जनाको पहिचान खुलेको छैन ।

घाइतेहरूमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, चालक धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेका छन् ।

गाडीमा १० जना रहेको प्रहरीको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *