Search
Close this search box.
Search
Close this search box.

मुख ह्वास्स गन्हाउँछ ? यसरी गरौँ समाधान !

bad smell1679230938

दिनमा दुईपटक खाना खाएपछि ब्रस गर्नुपर्छ भन्ने धेरैलाई थाहा भइसकेको छ । राति हामी खाना खाएपछि सुत्छौँ ।

बिहान उठ्दा कतिपय व्यक्तिहरूको मुखबाट गन्ध आउने भइरहेको हुन्छ । बिहान उठ्दा मुख गन्ध आउनुको कारण मुखमा थुकको मात्रा कम आउनु रहेको चिकित्सकहरू बताउँछन् ।

EPIC EPIC EPIC

दिउँसो हामी बोल्छौँ । जति धेरै बोल्यो थुकको मात्रा त्यति धेरै आउँछ । थुकमा ‘एन्टिबायोटिक्स’ हुन्छ । राति मुख चल्दैन । राति मुख सुक्खा हुने हुँदा त्यहाँ ब्याक्टेरियाहरू वृद्धि हुने सम्भावना बढी हुन्छ । मुख सुक्खा हुँदा ब्याक्टेरियाहरू दाँतमा टाँसिने गर्छन् ।

त्यस्ता ब्याक्टेरियाहरूले सल्फर कम्पाउन्ड बनाउँछन् । र, सल्फर कम्पाउन्डले गर्दा मुख गन्ध आउने हुन्छ । भन्नुको मतलब हानिकारक ब्याक्टेरिया मुखमा प्रवेश गरे भन्ने बुझ्नुपर्छ । यसलाई सफा गर्नका लागि कि ब्रस गर्नुपर्‍यो कि केही खानेकुरा खानुपर्छ ।

खाना खाएको दिन दिनमा दुईपटक ब्रस गरे पुग्छ । तर, खाना नखाएको दिन दिनमा तीनपटक ब्रस गर्नुपर्छ । त्यसैले तपाई‌ं ब्रत बस्नुभएको छ भने बिहान, दिउँसो र राति गरी कम्तीमा पनि तीनपटक ब्रस गर्नुपर्ने हुन्छ, जसले गर्दा ब्रत बसेको समयमा मुख गन्ध आउने समस्या कम हुने गर्छ । र, बेलाबेलामा पानी तथा फलफूल सेवन गर्नुपर्छ । यसले तपाईंको शारीरिक स्वास्थ्यसँगै मुख स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउन मद्दत गर्छ ।

खानेकुरा खाएपछि वा ब्रस गरिसकेपछि पनि मुख गन्ध आउने समस्या छ भने दन्त चिकित्सकलाई देखाउनुपर्छ । मुखबाट गन्ध आउने समस्या अन्य रोगका कारण पनि हुन सक्छ । जसको पहिचानपछि निदान गर्न सकिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *