मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ।
कालिका मालिका मन्दिरदेखि उत्तरतर्फको बजार क्षेत्रमा शुक्रबार मध्यराती शुरू भएको आगलागी शनिबार बिहानसम्म नियन्त्रणमा आएको छैन।

आगलागीका कारण ६ वटा आगलागीले पूर्ण रूपमा जलिसकेको र आसपासमा रहेका अन्य घरतर्फ आगो फैलिइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना ,नगर प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।