मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा, गुजरात टाइटन्स २० रनले पराजित

काठमाडौं । गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ ।
शुक्रबार राति मुल्लानपुरमा भएको एलिमिनेटर खेलमा मुम्बईले गुजरातलाई २० रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२८ रन बनायो । मुम्बईका लागि रोहित शर्माले अर्धशतक बनाए । उनले ५० बलमा सर्वाधिक ८१ रन जोडे ।
यससँगै गुजरातलाई २२९ रनको लक्ष्य पायो । यद्यपि गुजरातले पूरै ओभर खेल्नका बाबजुद ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो ।
साई सुदर्शन र वाशिंगटन सुन्दरको विस्फोटक ब्याटिङले पनि गुजरातलाई जित दिलाउन सकेन ।
सुदर्शनले अर्धशतक बनाए । उनले ४९ बलमा एक छक्का र १० चौकाको मद्दतले ८० रनको सर्वाधिक स्कोर जाेडे । सुन्दरले २४ बलमा ४८ रन बनाए ।
मुम्बईका लागि ट्रेन्ट बोल्टले सर्वाधिक दुई विकेट लिए ।
अब पाँच पटकको विजेता मुम्बईले क्वालिफायर– २ मा पञ्जाब किंग्सको सामना गर्नेछन् । क्वालिफायर– २ आइतबार हुनेछ ।
शुक्रबार राति मुम्बईसँग पराजित भएपछि गुजरात भने प्रतियोगिताबाट बाहिरिएको छ ।
क्वालिफायर– २ को विजेताले रोयल च्यालेन्जर्स बैंगलोरसँग उपाधि भिडन्त गर्नेछ । फाइनल खेल मंगलबार हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *