शीर्षक: मृत्यु निश्चित छ.
जन्म सँगै हाँसो , खुसी,
मृत्यु सँगै आँशु टासिएको छ,
मर्ने दिन थाहा नभएर नै मानिस,
दिन रात नभनी कर्म गरि बाँचि रहेको छ !
धनसम्पत्ति सबै कुराले भरिपूर्ण भएपनि,
काम नगर्दो रहेछ काल आएपछि,
दुई दिन घुम्न आएको भनेर बुझ्दैन मानिस रिस आएपछि,
सकिन्छ भने राम्रो गरौँ
नसके अलिक पर बसौँ,
सधैँ भरि बच्ने को बुटी पाइँदैन रहेछ!
जति धन सम्पत्ति भए पनि अन्तिममा कि खरानी ,
कि माटै रहेछ हुनु,
सधैँ हरियाली भएर बस्न नपाइँदो रहेछ,
एक दिन ओइलिएर झर्नु सबैले रहेछ!
आज बित्यो , भोलि बित्यो, वर्ष हेर बित्यो ,
जति जे भएपनि त्यही कालले जित्यो,
दुई दिनको डेरा रहेछ बाँचुन्जेल घर,
भगवानको सरण पर नमान है डर!
-नम्रता बराल, बुद्धशान्ति-२, झापा
धन्यवाद✨~
0 Responses
good luck nanu