मेचीनगरको बेरुजु सबैभन्दा धेरै, बाह्रदशीको सबभन्दा कम, अन्य पालिकाको कति ?

झापा। महालेखा परीक्षकको कार्यालयले महालेखा परिक्षणको ६२ औँ बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८० र ०८१ मा झापाका १५ वटा पालिका मध्ये मेचीनगर नगरपालिकाको बेरुजु रकम सबैभन्दा धेरै देखिएको छ । प्रतिवेदन अनुसार मेचीनगरको बेरुजु रकम रु २२ करोड ५६ लाख १२ हजार रुपैयाँ देखिएकव छ । प्रतिशतको हिसाबले कुल कारोबार रकमको यो ६ दशमलब ११ प्रतिशत बेरुजु हो । त्यस्तै झापाका १५ पालिका मध्ये बाह्रदशी गाउँपालिका सबै भन्दा कम बेरुजु भएको उत्कृष्ट पालिका ठहरिएको छ । प्रतिबेदन अनुसार बाह्रदशी गाउँपालिकाको कुल बेरुजु ७५ लाख ६ हजार रुपैया अर्थात ० दशमलब ६२ प्रतिशत मात्र देखिएको छ ।

सार्वजनिक भएको प्रतिबेदन अनुसार गौरीगञ्ज गाउँपालिकाको बेरुजु रु १ करोड ९६ लाख ३७ हजार अर्थात १ दशमलब ५२ प्रतिशत देखिएको छ । त्यस्तै कचनकबल गाउँपालिकाको बेरुजु रु ६ करोड ४३ लाख १ हजार अर्थात ४ दशमलब ५१ प्रतिशत रहेको छ । बुद्धशान्ति गाउँपालिकाको रु ६ करोड ४४ लाख ७२ हजार अर्थात ४ दशमलब १० प्रतिशत बिर्तामोड नगरपालिकाको रु १० करोड ५५ लाख २८ हजार अर्थात ३ दशमलब २४ प्रतिशत, हल्दिबारी गाउँपालिकाको रु ४ करोड ३७ लाख ३४ हजार अर्थात ३ दशमलब २१ प्रतिशत, भद्रपुर नगरपालिकाको रु ६ करोड ३० लाख ५६ हजार अर्थात २ दशमलब ९८ प्रतिशत , अर्जुनधारा नगरपालिकाको रु ६ करोड ३७ लाख १९ हजार अर्थात २ दशमलब ७५ प्रतिशत, कन्काइ नगरपालिकाको रु ४ करोड ४१ लाख ४२ हजार अर्थात २ दशमलब ७१ प्रतिशत , कमल गाउँपालिकाको र ३ करोड ७७ लाख ३८ हजार अर्थात १ दशमलब ९३ प्रतिशत , गौरादह नगपालिकाको रु ३ करोड ९७ लाख २८ हजार अर्थात १ दशमलब ९२ प्रतिशत , शिबसताक्षी नगरपालिकाको रु ३ करोड ९७ लाख ९७ हजार अर्थात १ दशमलब ७६ प्रतिशत , दमक नगरपालिकाको रु ४ करोड १० लाख ८ हजार अर्थात १ दशमलब २७ प्रतिशत र झापा गाउँपालिकाको रु १ करोड १५ लाख ३१ हजार अर्थात १ दशमलब ०२ प्रतिशत रकम बेरुजु देखिएको हो ।

EPIC EPIC EPIC

नमिलेको कारोवार वा रुजु नभएको स्रेस्तालाई वेरुजु भन्ने गरिन्छ । आर्थिक कार्यविधि ऐन, २०५५ ले वेरुजु भन्नाले प्रचलित कानुनवमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा वेमनासिव तरिकाले आर्थिक कारोवार गरेको भनी लेखा परीक्षण गर्दा औल्याएको वा ठहर्याइएको कारोवारलाई मानेको छ । वेरुजुको किसिम हेर्दा असूलउपर गर्नुपर्ने, प्रमाण जुटाई नियमित गर्ने र पेश्की वेरुजु भनेर मुख्य ३ वटामा राखेर हेर्ने गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *