मेचीनगर । झापाको मेचीनगरमा आगो ताप्ने क्रममा जलेर एक जना बृद्धाको मुत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित शान्ती टोल निवासी ८४ बर्षिय बिष्णुमाया दाहाल रहेकी छिन् ।
उनी गत मंसीर २८ गते साझ आफ्नै घरमा आगो ताप्ने क्रममा शरिरमा लगाएको कपडाबाट आगो सल्केर शक्त घाइते भएकी थिईन् र उपचारको लागि भारतको सिलुगढी लगीएको थियो । उनको उपचारकै क्रममा आइतबार साझ मृत्यु भएको मेचीनगर ५ का वडाध्यक्ष योगेन थापामगरले जानकारी दिए ।
मृर्तक दाहालको आज स्थानिय निन्दा खोलामा दाहासंस्कार गरिने परिवारले जनाएको हाम्रो खबरपाटीले उल्लेख गरेको छ ।