मेचीनगरमा टेलिफोन केवल चोरी गर्ने चार भारतीय पक्राउ

झापाको मेचीनगरमा टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय पक्राउ परेका छन् । शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्ट्यान्डमा शङ्कास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो ।

ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरूले चोरी गरेको खुलेको छ । भारतको पानीट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरूले लैजान लागेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल, दार्जिलिङ जिल्ला पानीट्याङ्की बस्ने अन्दाजी २४ वर्षीय महमद राजेश ,बतासी बस्ने २२ वर्षीय दिनबन्धु सरकार ,सोही ठाउँ बस्ने २४ वर्षीय शुबंकर दास र पानीटयाङ्की बस्ने ३२ वर्षीय राहुल अधिकारी रहेका छन् । उनीहरूलाई दसीका सामानसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *