Search
Close this search box.
Search
Close this search box.

मेचीनगरमा प्रभावकारी बन्दै तोरी प्रवर्द्धन कार्यक्रम, किसानले पाए २६ लाख ८३ हजार अनुदान

मेचीनगर। मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ ।

आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्द्रवटै वडाका रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

EPIC EPIC EPIC

कृषि प्रधान देश भएपनि पछिल्लो समय कृषि पेशा प्रति नागरिकको आकर्षण घट्दै गइरहेको छ । खेतीपातीबाट किसानहरू निराश छन् यसलाई थोरै भएपनि हौसला दिन आफुहरूले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसंग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि क्षेत्रको व्यवसायीकरणमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।

नगरले तोरी खेती प्रवर्द्धन गर्न तथा किसानहरूलाई उत्पादनसंग प्रत्यक्ष जोड्न तोरी प्रति एक केजी उत्पादन गर्दा १५ रुपैयाँ अनुदानको व्यवस्था गरिएको मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले जानकारी दिए । कम्तिमा ५ कठ्ठादेखि बढीमा एक बिगाह जमीनमा तोरी खेती गर्ने किसानहरुलाई अनुदानको रकम भुक्तानी गरिने व्यवस्था अनुसार अहिले ८ हजार ९ सय ९० कठ्ठा जग्गामा तोरी खेती गरेका किसानहरुले धमाधम आफ्नो बैक खाता लिएर आउदै अनुदान रकम लगिरहेको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *