मेचीनगरमा विकास पत्रकारिता तालिम

मेचीनगर । मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिवसीय विकास पत्रकारिता तालिम सुरु भएको छ ।

EPIC

मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा सुरु भएको तालिममा ३० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

EPIC EPIC EPIC

कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले विकास पत्रकारिताले सिंगो मेचीनगरको विकासमा सहयोग पुग्ने बताइन् । अबका दिनमा सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आजको पहिलो दिनको तालिमको सहजीकरण पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल र प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले गरेका थिए।

कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष प्रल्हादमणि ओली, नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अनन्त वस्ती, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, अन्नपूर्ण पोस्टका पत्रकार सुब्रत न्यौपाने, क्लवका पूर्व अध्यक्ष मुक्ति पौडेल, नारी सञ्चार गृह झापाकी सदस्य विनिशा शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लगाईँको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सदस्य झुलन रेग्मी र संचालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *