मेचीनगरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–१० ढाडचोकस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

आज बिहान करिब ९:३० बजे महामती फर्निचर उद्योगबाट नागाडुवातर्फ जाँदै गरेको प्र.१–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा सिटी चालक मेचीनगर–११ निवासी ३२ वर्षीय राज कररिया गम्भीर घाइते भएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

घाइते अवस्थामै उनलाई उपचारका लागि B&C अस्पताल बिर्तामोड लगिएको थियो। तर, उपचारका क्रममा बिहान १०:०५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

उक्त सवारी साधनमा चालकबाहेक अन्य कोही सवार नरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *