Search
Close this search box.
Search
Close this search box.

मेचीनगरस्थित निन्दा खोलामा डुबेर नवज्योतिका शिक्षकको मृत्यु

मेचीनगर। झापाको मेचीनगर नगरपालिका- ३ स्थित निन्दा खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर- ३ बडाखालका ४० वर्षीय धनराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक भण्डारी नवज्योति निमाविका शिक्षक हुन् । प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजेको समयमा भण्डारी निन्दा खोलामा पौडी खेल्न गएका थिए ।

EPIC

त्यस क्रममा डुबेर बेहोस भएका भण्डारीलाई स्थानीयले देखेर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएका थिए । उनको दिउँसो २ः३४ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *