Search
Close this search box.
Search
Close this search box.

मेचीबाट हिँडेका मिटरब्याज पीडित विराटचोक पुग्यो

काठमाडौं । सरकारलाई दबाब दिन मिटरब्याज पीडितहरूले सुरु गरेको ‘न्याय मार्च’ बिहीबार मोरङको विराटचोक पुगेको छ ।  

गत शुक्रबार पूर्वी नाका झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ का सहभागी काठमाडौं जाँदैछन् । 

EPIC EPIC

मिटरब्याजीलाई कारबाही गर्ने कानून कडा बनाउनुपर्ने र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे माग राख्दै पीडितले संघर्ष समितिमार्फत मेची–महाकालीबाट एक साथ शान्तिपूर्ण पैदल यात्रा सुरु गरेका हुन् ।  

टोलीको नेतृत्व समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले गरिरहेका छन् । उता पश्चिमको कञ्चनपुरबाट समेत समितिको टोली काठमाडौं आइरहेको छ । पूर्व र पश्चिमको टोली चितवनमा भेटेर कोणसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम छ ।   

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *