मेची नदी तर्ने क्रममा कचनकवलका मुर्मुको डुबेर मृत्यु

झापा। मेची नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-३ स्थित भैसाबारीमा मेची नदीले बगाउँदा कचनकवल गाउँपालिका-६ पैनीटोलाका ६५ वर्षीय सोनुलाल मुर्मुको मृत्यु भएको हो ।

भारतमा रहेकी छोरीको घर जाने क्रममा मेची नदी तर्ने क्रममा उनलाई बगाएको थियो । खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयले देखेर खोलाबाट बाहिर निकाली हेर्दा मुर्मु मृत अवस्थामा फेला परेका थिए । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि वडा प्रहरी कार्यालय भद्रपुरबाट टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *