स्ववियु निर्वाचन: मेची क्याम्पसमा नेविसंघका निलम कार्कीको अग्रता कायमै

भद्रपुर। झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक परिणाम सार्वजनिक हुँदै गएको छ। हालसम्म बुथ ‘क’, ‘ख’ र ‘ग’ को मतगणना सकिएको छ भने बुथ ‘घ’ को गणना बाँकी छ।

अध्यक्ष पदमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार निलम कार्की ६०५ मतसहित अग्रस्थानमा छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का प्रन्सल मगर ४२५ मतसहित दोस्रो स्थानमा छन् भने विद्यार्थी कल्याण परिषद का हेमराज गौतम १५१ मतसहित तेस्रो स्थानमा छन्।

EPIC EPIC EPIC EPIC EPIC

सचिव पदमा नेविसंघ निलम समूह का विवेक तामाङ ५०१ मत प्राप्त गर्दै अगाडि छन्। अनेरास्ववियु का गौरव लुइँटेल ४०५ मतसहित दोस्रो स्थानमा छन् भने नेविसंघ कुशल समूह का कुशल महत ३२७ मतसहित तेस्रो स्थानमा छन्।

कोषाध्यक्ष पदका लागि नेविसंघ निलम समूह का प्रतीक शाह रौनियार ६६३ मत प्राप्त गर्दै अग्रता लिएका छन्। अनेरास्ववियु की अनुशा भण्डारी ३७४ मतसहित दोस्रो स्थानमा छिन् भने अखिल क्रान्तिकारी की एरिका थापा १५८ मतसहित तेस्रो स्थानमा छिन्।

निर्वाचन समितिका अनुसार बाँकी मतगणना सम्पन्न भएपछि औपचारिक नतिजा सार्वजनिक गरिनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *