झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ। उक्त अवधिमा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको पहिलो पाँच महिनामा पाँच किसिमका पेट्रोलियम पदार्थ ११ हजार २८ किलो लिटर आयात भएका छन्, जसको मूल्य रु सात अर्ब ८४ करोड ४० लाख बराबर रहेको छ। पेट्रोलियम पदार्थबाट सङ्कलित राजस्वले कुल राजस्वको ५५ दशमलव ८० प्रतिशत हिस्सा ओगटेको छ।
यसैगरी, तयारी कपडाबाट ४ दशमलव १४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३ दशमलव ६८ प्रतिशत, तरकारीबाट ३ दशमलव ४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३ दशमलव ३० प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
झापा, १५ पुस – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ। उक्त अवधिमा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।