Search
Close this search box.
Search
Close this search box.

मेयरले खुकुरी हानेको स्वकीय सचिवको आरोप, फेसबुकमा धारावाहिक पोस्ट

डोटी । शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरका स्वकीय सचिव राजेश ठगुन्नाले आफूमाथि मेयरले खुकुरी प्रहार गरेको बताएका छन् ।

टाउकोमा चोट लागेको फोटो पोष्ट गर्दै उनले आफू उपचारका लागि गइरहेको लेखेका छन् । उनले मध्यरातमा नगर प्रमुख बलायरविरुद्ध फेसबुकमा एकपछि अर्को पोस्ट गरेका छन् । उनले अस्पतालमा भर्ना भएको फोटो पनि फेसबुकमा राखेका छन् ।

EPIC

घटनाबारे बुझ्न खोज्दा मोबाइल अफ भएकाले मेयर बलायरसँग सम्पर्क हुन सकेन । कुटपिटको कारण र विस्तृत विवरण आइसकेको छैन ।

नगर प्रवक्ता धिर्क सिंहले घटनाबारे आफूलाई फेसबुकबाटै थाहा भएको बताए ।

उनले भने, ‘मैले पनि तपाईंजस्तै जानकारी पाएको छु, म थप बुझ्ने प्रयास गरिरहेको छु ।’

कुटपिटबारे प्रहरीलाई कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए

खबर नेपाल प्रेसबाट

राजेशले गरेको केही फेसबुक पोस्टहरू

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *