Search
Close this search box.
Search
Close this search box.

मेयर नै अध्यक्ष रहेको विद्यालयमा पनि प्रअ विवाद

१७ जना कांग्रेस निकटका राख्न सफल भयौँ”- नगर प्रवक्ता

कैलाली । पछिल्लो केही दिनदेखि कैलालीको घोडाघोडी नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयले विवाद सृजना गरेको छ ।

शिक्षा नियमावली २०५९को नियम ९३ ले विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ । तर, कैलालीको घोडाघोडी नगरपालिकाले उक्त नियमावली विपरीत आफै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछि विद्यालयमा विवाद भएको छ ।

EPIC

नगरपालिकाले गैर कानुनी ढंगले प्रधानाध्यापक नियुक्त गरेको भन्दै केही विद्यालयमा अझै प्रधानाध्यापकलाई हाजिर गर्न दिइएको छैन । केही विद्यालयमा भने विद्यार्थी आन्दोलित भएका छन् ।

आइतबार तालाबन्दी गरिएको कैलालीको पहलमानपुरस्थित श्री कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घोडाघोडी नगरपालिकाका मेयर खडक रावत हुन् ।

मेयर हुनभन्दा पहिले व्यवस्थापन समितिको अध्यक्ष भएका रावलको मेयर भएको केही समय पछि कार्यकाल सकिएको थियो । त्यसपछि फेरि केही समयपछि उनी मेयर हुँदाहुँदै व्यवस्थापन समिति अध्यक्ष समेत निर्वाचित भए । अहिले आफै व्यवस्थापन समिति अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समितिको अधिकार पनि आफैले खोसेको आरोप उनलाई लागेको छ ।

‘शिक्षा नियमावली, २०५९ को नियमावलीमा विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट दरखास्त आह्वान गरी जुन तहको विद्यालय हो सोही तहका शिक्षकले विद्यालय व्यवस्थापन समितिसमक्ष विद्यालय विकास प्रस्ताव पेस गर्न पाउने स्पष्ट व्यवस्था गरिइएको छ। तर, नगरपालिकाले भने निमावि तहको स्थायीलाई पनि मावि तहको प्रधानाध्यापक तोक्न सक्ने व्यवस्था लागू गरेको हो । जुन प्रस्ट रूपले गैर कानुनी देखिन्छ ।

नगरपालिका भित्र रहेका ५१ वटा विद्यालयका प्रधानाध्यापकका लागि २०८१ साउन ४ गते पालिकाले खुल्ला आवेदन माग गरेको थियो । जसमा २७ जना प्रधानाध्यापकहरू खुला प्रतिस्पर्धाबाट छनोट भएका थिए ।

नगरपालिकाले संघीय कानुन विपरीत प्रधानाध्यापकहरू खुला प्रतिस्पर्धाबाट छनोट गरेको भन्दै विवाद भइरहेका बेला नगरका प्रवक्ता समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले १७ जना कांग्रेस निकट शिक्षक सङ्घकालाई प्रधानाध्यापक बनाएको दाबी गरेका छन् ।

उनले नजिकै रहेको बर्दगोरिया गाउँपालिकामा एमाले निकटका शिक्षक सङ्गठन हाबी भएको भन्दै आफ्नो पालिका शिक्षक सङ्घका धेरैलाई अवसर प्रदान गरिएको उनले बताए ।

उनले बर्दगोरिया गाउँपालिकामा प्रअ व्यवस्थापन गर्दा वसन्त मुरारी माध्यमिक विद्यालयमा पूर्वाग्रह रुपमा भूरि प्रकाश बमलाई हटाइ तारा शर्मालाई नियुक्त गरेकोमा उनले विरोध जनाए ।

‘बर्दगोरियमा शिक्षक सङ्घका साथीहरूलाई छानिछानी फालेर पूर्वाग्रही रुपमा वाल विकासका शिक्षकलाई प्रअ बनाउँदा स्थायी शिक्षकलाई हटाउँदा शिक्षक सङ्घको ध्यान त्यहाँ किन पुगेन रु म ध्यानाकर्षण गराउन चाहन्छु’ उनले कार्यक्रममा भने, ‘घोडाघोडी नगरपालिकाले शिक्षा ऐन नियमावली बनायो तर, १७ जना शिक्षक सङ्घ आबद्ध साथीहरूलाई नेतृत्व प्रदान गर्न सफल भएको छ। ’

घोडाघोडी नगरपालिकाको शिक्षा नियमावली विपरीत प्रअ छनोट गरेको भन्दै विरोध भइरहेका बेला नगर प्रवक्ताले कांग्रेस निकट शिक्षक सङ्घका १७ जनाले नेतृत्व पाएको अभिव्यक्तिले थप विवाद सुरु भएको छ ।

माओवादी नगर अध्यक्ष खगेन्द्र हमालले नेपाल शिक्षक सङ्घ पहलमानपुर को कार्यक्रममा नगर प्रवक्ताले दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानकषर्ण भएको जनाएका छन् ।

‘नेपाल शिक्षक सङ्घ पहलमानपुरको कार्यक्रममा नगर प्रवक्ता घनश्याम ओझा ज्यू ले दिएको अभिव्यक्ति प्रति नेकपा माओवादी केन्द्र को गम्भीर ध्यानाकर्षण भएको छ । बाकी भोलि’उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नगर प्रवक्ताको अभिव्यक्तिका विषयमा आज ८ बजे बैठक राखिएको उनले बताए ।

व्यवस्थापन समितिले सामुदायिक विद्यालयमा जुन तहको विद्यालयको प्रधानाध्यापक हुने हो सोही तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट अनुसूची–१३ बमोजिम कम्तीमा सत्तरी अङ्क ल्याउने दुई जना शिक्षकको नाम प्रधानाध्यापक नियुक्तिको लागि जिल्ला शिक्षा अधिकारी समक्ष सिफारिस गर्नेछ उक्त व्यवस्था भनिएको छ (३)उपनियम (२) बमोजिम सिफारिस भएका शिक्षकहरूमध्ये सबभन्दा बढी अङ्क ल्याउने शिक्षकलाई जिल्ला शिक्षा अधिकारीले प्रधानाध्यापकको पदमा नियुक्ति गर्नेछ ’ तर, घोडाघोडीमा माविमा स्थायी दरबन्दी भएका विद्यालयमा पनि त्यो भन्दा तल्लो तहका शिक्षकलाई प्रअ नियुक्त गरेपछि अहिले अदालतमा मुद्दा परेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *