मेरा पिक शिखरमा जेनजी सहिदका लागि मिङ्मा शेर्पाद्वारा दीप प्रज्वलन

काठमाडौं । जेन–जी सहिदको सम्मानमा समाजसेवी तथा युवा राजनीतिज्ञ मिङ्मा डण्डु शेर्पाले ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिकमा द्वीप प्रज्वलन गरेका छन् ।

भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलनमा सहादत प्राप्त सबै सहिदप्रति सम्मान गर्दै शेर्पाले हिमालमा पुगेर द्वीप प्रज्वलन गरेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

उनले सामाजिक संञ्जालमा लेखेका छन् – Gen-Z आन्दोलन (भाद्र २३–२४) मा शहीद भएका वीर आत्माहरूको अमर स्मृतिमा, मेरा पिक (६४७६ मि.) शिखरमा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। Mera Peak Summit: 15th Sept 2025 (२०८२ भाद्र ३०)

जेन–जी समूहले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि आगजनी र तोडफोडमा समेत गरी अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ । सरकारले आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ ।

जेन–जी सहिदको सम्मानमा आज सरकारले देशभर राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झन्डा आधा झुकाएको थियो ।

सहिदहरुको सम्मानमा आज साँझ देशभर नै द्वीप समेत प्रज्वलत गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *