ऐ हजुर तपाईले मेरो देश देख्नु भयो ?
हिमाल लाई सोध्छु,
कर्णालि, गण्डकि र महाकालि भै बग्दै छ भन्छ !
पहाड लाई सोध्छु,
रित्ता घर, गोठ र खालि आँगन देखाउँछ !
तराईलाई सोध्छु,
पट पट फुटेका कुर्कुच्चा देखाउँछ !
पर एक हुल स्कुले केटाहरु लाई सोध्छु,
छानो र बेन्चि नभएको स्कुल तिर देखाउँछ !
पार्टिको झोले मास्टरलाई सोध्छु,
कार्ल मार्क्स, लेनिन र माओलाइ देखाउँछ !
झोला बोकेका युवा लाई सोध्छु,
साउदि, कतार र मलेशिया को कथा सुनाउँछ !
घाँसको भारि ले थिचिऐकि दिदि लाई सोध्छु,
कुपोषणले चाहुरिएको अनुहार देखाउँछिन !
घाम तापि रहेका बा आमा लाइ सोध्छु,
कसिएका पटुका र गह भरि आँसु देखाउँछन !
दौडेर शहरलाई सोध्छु,
कंकृटको जंगलमा जिवन खोज्दै छु भन्छ !
त्यहि भएको शुकिला मनुवालाई सोध्छु,
चार आनाको घरको सपना सुनाउँछ !
भेटिन्छ कि कतै भनि एयरपोर्ट मा खोज्छु,
हरियो पासपोर्ट समाएका का ताँति भेट्छु !
साउदि, कतार तिर छ कि भनि खोजि हिँड्छु,
काठको बाकसमा सुतेका सपनाहरु भेट्छु !
अवाक भएर मन्दिरमा सोध्छु,
एकहोरो भएर घण्ट मात्र बजि रहन्छ !
आत्तिदैं चर्चमा देश सोध्न पुग्छु,
फादरले हाँस्दै अझै खोज्न सुझाउँछ !
लुम्बिनिमा दियो बाल्दै सोध्छु,
बुद्वको बिराट आँखामा खोज्नलाइ सम्झाउँछ !
मेचि लाई सोधें ,
पश्चिम तिर देखाउँछ !
महाकालि लाई सोधें,
पुर्व तिर देखाउँछ !
उत्तरलाई सोधें जंगे पिल्लर लाई सोध भन्छ,
जंगे पिल्लर लाई सोधें,
आफ्नै ठेगान नभएको बताउँछ !
खै कहाँ कहाँ खोजौ म मेरो देश !!
नेता लाई सोधें,
मुक दर्शक र निरिह बनि हेरि रहन्छ !
शेनालाई सोधें,
शिब रात्रिमा टुंडिखेलमा हेर्नु भन्छ !
कर्मचारि लाई सोधें,
तलब, भत्ता, सुबिधा को ब्यथा सुनाउंछ !
सर्बोच्चमा सोध्न पुगें,
तराजु बोकेकि न्यायकि मुर्ति तिर देखाउंछ !
वकिलाई सोधें,
नजिरका ठेलि मात्र पल्टाई रहन्छ !
लल्याक लुलुक हुँदै अस्पताल लाई सोधें,
आँगन भरि लडि रहेका बिरामि लाई देखाउंछ !
कतै नभेटे पछि !!
प्रचण्डलाई सोधें,
कुम हल्लाउँदै खित्का छाडि हाँसि रहन्छ !
माधब नेपाललाई सोधें,
होलि वाईनको स्वादको बखान गर्छ !
बाबु राम लाई सोधें,
नयाँ प्रयोग र पश्च्चिमि बायु को कुरा गर्छ !
उपेन्द्रलाई सोधें,
एक मधेश एक प्रदेशको ब्याख्या गर्छ !
सिके राउतलाई सोधें,
देश हैन छुट्टै मधेश देशको आगो ओकल्छ !
बैध्य बा लाई सोधें,
जड शुत्रबादि कम्युनिष्ट धङधङिको कुरा गर्छ !
नेत्र बिक्रम लाई सोधें,
अझै मान्छे मार्ने र मर्ने कुरा गर्छ !
ओलिलाई सोधें,
खोक्रो राष्ट्रबादको नारा लगाउँछ !
देउबा लाई सोधें,
आरजु भाउजु तिर ईशारा गर्छ !
आरजु भाउजुलाई सोधें,
जसरि पनि एम सि सि पास गर्नु पर्छ भन्छ !
नागरिक समाजलाई सोधें
रिपोर्टस क्लबमा खोज्नुस भन्छ !
बुद्विजिबि लाई सोधें,
एक थान चुच्चे नक्सा देखाउँछ।
खै मेरो देश कहाँ छ ?
बेस्सरि चिच्याउँछु !!
संगै सुतेकि मेरी सानी छोरीले
झुम्राको पुतलीमा मेरो देश देखाउँछिन।
झसंग निन्द्राबाट ब्युँझिन्छु, आँखा भरि मेरो देश देख्छु,
मुटु भरि मेरो देश पाउँछु, छेवैमा राखेको एक आंखोरा मेरा देश पिउँछु।
शराणार्थि शिबिर मा सोध देश के हो र?
सिक्किमलाइ सोध देश देश कसरि हराउँछ !
कश्मिरलाइ सोध धारा ३७२ के हो ?
चेकोस्लोभाकिया लाई सोध खै कता छ भनेर !
ए हजुर मेरो देश देख्नु भयो कतै रु
“बिचार भन्दा माथि देश”
लेखक: महेन्द्र कुमार थापा
थापा विवेकशील साझा पार्टी प्रदेश नं १ का संयोजक हुन्।