‘मेरो भोइस युनिभर्स’का झापाली प्रतिभा प्रशान्त पोखरेल भोलि गृहजिल्ला फर्किँदै, भद्रपुरमा विशेष स्वागत

झापा। गायन रियालिटी शो ‘मेरो भोइस युनिभर्स सिजन २’ का लोकप्रिय प्रतिस्पर्धी तथा झापा–बुद्धशान्ति निवासी प्रशान्त पोखरेल भोलि गृह जिल्ला फर्कँदै छन्। यो जानकारी उनको परिवारले सार्वजनिक गरेको हो

प्रशान्त भोलि बिहान ९ः३० बजेको विमानमार्फत भद्रपुर आइपुग्ने र त्यहाँबाट बुद्धशान्ति जाने कार्यक्रम रहेको छ। प्रतियोगितामा सहभागी भएपछि उनी केही समयदेखि काठमाडौंमा बस्दै आएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

अभियानका मुख्य संयोजक मदन प्रसाईका अनुसार, प्रशान्तको आगमनसँगै झापाका विभिन्न स्थानमा उनको सांगीतिक प्रस्तुति हुनेछ। उनले स्वागत कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गरेका छन्।

भद्रपुर विमानस्थलमा भोलि बिहान ११ बजे विशेष स्वागत कार्यक्रम हुनेछ भने दिउँसो १ बजे बुधबारेस्थित बुद्धआदर्श माविमा ‘प्रशान्त जिताऊ अभियान’ सम्बन्धी पत्रकार सम्मेलन हुने सचिव धरणी पोखरेलले जनाएका छन्।

पत्रकार सम्मेलनपछि विभिन्न भेटघाट तथा सांगीतिक कार्यक्रममार्फत प्रशान्त झापाका धेरै ठाउँमा उपस्थित हुने अभियानका मिडिया संयोजक रोशन भट्टराईले जानकारी दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *